भोलि र पर्सि बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै | Khabarhub Khabarhub

भोलि र पर्सि बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड -१९ विरुद्धका सबै जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र गराउनसमेत सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ४२ बजे

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार

पोखरीमा डुबेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-३ सुनौल बस्ने ७५ वर्षीय राम गुलाम मण्डलको सोही ठाउँस्थित

नेपालबाट बढेको छैन निर्यात, प्रधानमन्त्री भ्रममा परे की पारिए ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ११ महिनामा