जम्मु कश्मीरमा ५ हजार युवालाई तालिम दिइने « Khabarhub

जम्मु कश्मीरमा ५ हजार युवालाई तालिम दिइने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरमा सरकारले ५ हजारभन्दा धेरै युवाहरुलाई उज्ज्वल भविष्यका लागि तालिम दिने भएको छ ।

जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले ५ हजार युवाहरुलाई तालिम दिने घोषणा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सेनाले आयोजना गरेको ‘सही रास्ता’ नामक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी उज्ज्वल भविष्यका लागि ५ हजार भन्दा धेरै युवाहरुलाई तालिम दिनेछौँ ।’

यसबाट युवाहरुलाई खराब गतिविधि गर्नबाट जोगाउने र उनीहरुमा नैतिकताको विकास हुने एएनआईले जनाएको छ ।

उक्त कार्यक्रममा लेफ्टिनेन्ट गभर्नर सिन्हाले सुरक्षा व्यवस्था चुस्त बनाई शान्ति एवम् स्थिरता कायम गरेकोमा भारतीय सेनालाई धन्यवाद समेत दिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : १२ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्