‘स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार छ’ « Khabarhub

‘स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार छ’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका छन्।

मंगलबार आयोगले काठमाडौँमा आयोजना गरेको मिडिया अन्तक्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका हुन्।

उनले निर्वाचनका लागि वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए। थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधि पनि बढाइएको बताए। यस पटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमी कमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको उनले बताए । उनले आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सबै पक्षको दायित्व भएको र आफ्नो परीक्षा आफैं लिएर यसको पालना गर्न सुझाव दिए।

त्यस्तै उनले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको जानकारी दिए।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : १६ बजे

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

कोलम्बो- श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको

चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका