गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, असफल पार्नुपर्छ :  प्रधानमन्त्री देउवा (भिडियो) « Khabarhub

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, असफल पार्नुपर्छ :  प्रधानमन्त्री देउवा (भिडियो)


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने  बताएका छन्।

नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अहिले कुनै पनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नु पर्ने बताएका हुन् । 

गठबन्धन टुटे दलहरु फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै रहेको उनको भनाइ छ। त्यस्तै उनले वर्तमान निर्वाचन प्रणाली अनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक रहेको धारणा राखे। त्यस्तै उनले गठबन्धन भएपछि गिभ एण्ड टेक हुने स्पष्ट पारे। 

कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने स्पष्ट भन्नुपर्ने भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको तर्क गरे। देउवाले स्कुल–स्कुलमा संगठन विस्तार गर्न गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देशन दिए। 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ४४ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग