पल प्रकरण : नाबालिगका बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने | Khabarhub Khabarhub

पल प्रकरण : नाबालिगका बुवाले पनि फेरे बयान, भोलि नवलपुरमा बकपत्र हुने


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नायक पल शाह बलात्कार प्रकरणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन् । उनले उजुरीमा बलात्कार भने पनि अदालतमा बयान दिने क्रममा बलात्कार नभएको बताएका छन् ।

‘बयान पूरै फेरिएको होइन। उजुरी मैंले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । करणीको व्यहोराको जाहेरी दिए पनि पल शाहले करणी गरेको रहेनछ भन्ने बयान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए ।

नाबालिग गायिकाले आइतबार बकपत्रमा जर्बजस्ती करणी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्विकार गरेकी छन् ।

शारीरिक सम्बन्ध भएको हैन भनेकी थिइन्’, उनले भने । शर्माका अनुसार अदालतमा ८ जनाको बकपत्र भएको छ । गायक दुर्गेश थापा, कमल थापा लगायत केही पलका साथीहरुको बकपत्र गरेको तनहुँ अदालतले जनाएको छ । स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लगायत कम्तिमा अझै १० जनाको बत्रपत्र हुने जिल्ला न्यायधिवक्ता शर्माले जानकारी दिए । बकपत्रमा बयान फेरिए पनि मिसिलमा संग्लन प्रमाणले सत्य बोल्ने उनले बताए ।

१९ गतेलाई जिल्ला अदालतले पेसी तोकिएको स्रेस्तेदार मिनबहादुर कुवँरले जानकारी दिए । सरकारी साक्षी र आउन बाँकी भएकाले झिकाउन आदेश हुने उनले बताए ।

नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झूटो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा नाबालिग गायिकाको वुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध जाहेरी दिएका थिए ।

अन्तिम पटक शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राती १२ बजेतिर ति बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख गरिएको थियो । उजुरी परेपछि शाहले १५ फागुनमा तनहुँ प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए ।

जिल्ला अदालत तनहुँले शाहलाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । पल पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा छन् । पीडित र उनका बुवाले बयान फेरेपछि मुद्दा कमजोर हुने आँकलन गरिएको छ ।

पल प्रकरणमा बुधबार जिल्ला अदालत नवलपुरमा पनि बकपत्र हुदैँछ । पललाई उपस्थित गराइदिन नवलपुर अदालतले पत्रचार गरेको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

‘साक्षीहरु र स्वास्थ्य परिक्षण गर्ने चिकित्सकको बकपत्र हुने भएकाले उपस्थित गराउनू भनेर पत्राचार भएको छ’, उनले भने ।
पीडितका अभिभावले नवलपुरमा पनि उजुरी दिएका थिए ।

गैँडाकोटमा सुटिङको क्रममा मादक पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको उजुरी परेपछि मुद्धा दर्ता भएको हो । २३ चैतमा जिल्ला अदालत नवलपुर थुनछेक आदेश जारी गर्दै पललाई थुनामा राख्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ४१ बजे

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको