भिडियोमा पनि पूजासँग आकाश « Khabarhub

भिडियोमा पनि पूजासँग आकाश


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म प्रेमी दर्शक माँझ पूजा शर्मा र आकाश श्रेष्ठको जोडी प्रिय बनिसकेका छन् ।

यी दुइले अभिनय गर्ने फिल्मले राम्रै चर्चा पाउने गरेको छ । यस्तै  यिनलेसँगै अभिनय गरेको फिल्म सम्झना बिर्सना र सम्हालिन्छ कहिले मन पनि रिलिजको क्रममा छ ।

कोरोना भाइरसको महामारीका कारण फिल्म रिलिजमा ढिलाई भएता पनि दर्शकले पूजासँग आकाशको जोडीलाई म्युजिक भिडियोमा हेरिरहेका छन् ।

हालै यी दुई अभिनित ‘स्वर्गकी अप्सरा’ बोलको मेलोडियस गीत सार्वजनिक भएको छ । नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन् ।

ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडियोमा जमेको छ।

कोरियोग्राफर कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन् । फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याउँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन् ।

दीपक कंडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन् । सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना