बालिका बलात्कारपछि हत्याको विरोधमा भारतभर प्रदर्शन | Khabarhub Khabarhub

बालिका बलात्कारपछि हत्याको विरोधमा भारतभर प्रदर्शन


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलिगढ- भारत उत्तर प्रदेशको अलिगढ शहरमा एक बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको विषयलाई लिएर न्याय खोज्दै भारतभर प्रदर्शन शुरु भएको छ ।

पीडित परिवारलाई न्याय दिलाउन भन्दै भारतका विभिन्न क्षेत्रमा मानिसहरु सडकमा उत्रेका छन् । गत मे ३० मा अलिगढको टप्पल क्षेत्रबाट बेपत्ता भएकी अढाई वर्षे बालिकाको क्षत विक्षत शव जुन २ का दिन भेटिएको थियो ।

उनको अपहरणपछि घाँटी थिचेर हत्या गरिएको र उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा घरबाट केबल १ सय किलोमिटर टाढा फेला परेको थियो । उनको हत्या गर्नुअघि बलात्कार समेत भएको जनाइएको छ ।

शुरुमा प्रहरीले पोष्टमार्टम गर्दा बालिकाको बलात्कार नभएको रिपोर्ट तयार पारेको थियो । बलात्कार नभएको रिपोर्ट बनाउने ५ प्रहरीलाई बर्खास्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

असलन नाम गरेका छिमेकीको घरमा बालिका बलात्कारपछि हत्या भएको जनाइएको छ । हत्या पछि दुर्गन्ध नआओस् भन्नाका लागि बालिकाको शवलाई जाहिद नाम गरेका अर्का आरोपीले सलले बाँधेर फ्रिजमा राखेका थिए ।

प्रहरीले घटनाका आरोपी जाहिद, जाहिदका भाइ, जाहिदकी पत्नी र उनका अन्य केही साथीहरुलाई नियन्त्रणमा लिएको छ ।

यो घटनासँगै भारतका विभिन्न स्थानमा बालिकालाई न्याय दिलाउन तथा अपराधीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रेका छन् । भारतका विभिन्न क्षेत्रमा मानिसहरुले कतै आरोपीको पुत्ला जलाएका छन् भने कतै मानिसहरु अनसन बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यता अलिगढका वकिलहरुले पनि आफूहरु आरोपीका पक्षबाट मुद्धा नलड्ने घोषणा गरिसकेका छन् ।

आक्रोशित भीडले आक्रमण गर्नसक्ने भन्दै भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : ०९ बजे

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

गण्डकी– ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक