वेब सिरिजको अडिसनमा सौगात « Khabarhub

वेब सिरिजको अडिसनमा सौगात


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्लले एक वेब सिरिजका लागि समय दिइरहेका छन् । यसैले गर्दा उनले झन्डै १० महिनाको समय सिरिजको लागि छुट्याएका छन् । अंग्रेजी भाषामा निर्माण हुने सिरिजको लागि केही अडिसन समेत उनले गरिसकेका छन् । ‘सिरिजको लागि प्रक्रिया मै छु । केही चरणको अडिसन समेत भइसकेको छ । तर, पक्का भने होइन’ सौगातले एक भेटमा बताए ।

एक अवार्ड समरोहमा भाग लिन पुगेका सौगातले सिरिजलाई पक्का भयो भने अन्य निर्माताहरुलाई असर नगरोस् भनेर नै नयाँ फिल्म फागुन अगाडि नगर्ने भनेको स्वीकारे । अंग्रेजी सिरिजले सौगातसँग लामो समय मागेका कारण उनले नयाँ निर्मातालाई फागनुपछि मात्र सम्पर्क गर्न आग्रह गर्न थालेका हुन् । सौगातले केही दिनअघि अंग्रजी भाषामा बन्ने नेपाली फिल्ममा पनि खेल्ने चर्चा थियो तर पारिश्रमिकमा कुरा नमिलेपछि सौगातले त्यो फिल्म छाडेका हुन् । उनले यो फिल्म नगरेपछि ‘दुई नम्बरी’ साइन गरेका थिए ।

यो फिल्मको पोखरामा धमाधम सुटिङ भइरहेको छ । सौगातले छिट्टै नै यो फिल्मको सेट ज्वाइन गर्दैछन् । अंग्रेजी सिरिजका लागि नेपालको कास्टिङ एजेन्सीले दयाहाङ राईलाई प्रक्रियामा सामेल गराउन खोजेको थियो । तर, दयाले भने आफूसँग समय नभएकाले अडिसनतिर लाग्न नभ्याउने जवाफ दिएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : २० बजे

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको

नेपाल–भुटान–भारतको ‘टनेल २६’ असोज २३ देखि हलमा

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म