नेकपा एकीकृत समाजवादीले भक्तपुरमा बुधबार उम्मेदवारी घोषणा गर्ने « Khabarhub

नेकपा एकीकृत समाजवादीले भक्तपुरमा बुधबार उम्मेदवारी घोषणा गर्ने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेकपा एकीकृत समाजवादीले भक्तपुरमा बुधबार उम्मेदवारी घोषणा गर्ने भएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको नेकपा (एस) ले बुधबार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेको हो ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीयस्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरूले उम्मेदवार हुन चाहनेका सूची संकलन गरी केन्द्रमा पठाएको छ । नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

जिल्लामा चार नगरपालिका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका मेयर सोमप्रसाद मिश्रले आठ हजार पाँच सय १२, उपमेयर बिना बास्तोलाले आठ हजार सात सय ७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका मेयर विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमीमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।

मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो । एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काट्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ४६ बजे

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक