अन्तत: जम्मु कश्मीरको सद्दाल गाउँमा बिजुली पुग्यो « Khabarhub

अन्तत: जम्मु कश्मीरको सद्दाल गाउँमा बिजुली पुग्यो


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले स्वतन्त्रता पाएको ७५ वर्षपछि पहिलो पटक जम्मु कश्मीरको एक गाउँमा विजुली पुगेको छ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार जम्मु कश्मीरको सद्दाल गाउँमा पहिलो पटक बिजुली पुगेको हो ।

भारतको केन्द्र सरकारको ‘युनाइटेड ग्रान्ट्स स्किम’ नामक कार्यक्रममार्फत् उक्त गाउँमा बिजुली पुर्‍याइएको हो ।

घरघरमा बिजुलीबत्ती पुगेपछि स्थानीयबासिन्दाहरु हर्षित भएको एएनआईले जनाएको छ । यसअघि गाउँलेले दियो र टुकीको साहारामा जीवन गुजारा गर्दै आएकोमा अब बिजुली पुगेपछि बालबालिकाको भविष्य पनि सुरक्षित हुने गाउँलेको अपेक्षा रहेको जनाइएको छ ।

‘अब हामीले कुनै समस्याबिना पढ्न पाउने भयौँ ।’ आठ कक्षामा अध्ययनरत पभर सिंहलाई उद्धृत गर्दै एएनआईले जनाएको छ, ‘पहिले बिजुली नहुँदा हामीले दियो र टुकीको भरमा पढ्नुपर्ने बाध्यता थियो ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : १८ बजे

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामथ्र्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता