जनकपुरधाममा मेयर जसपालाई दिने निर्णयको विरोध, कांग्रेसद्वारा विरोध प्रदर्शन « Khabarhub

जनकपुरधाममा मेयर जसपालाई दिने निर्णयको विरोध, कांग्रेसद्वारा विरोध प्रदर्शन


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकामा जसपाका नेतालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय गठबन्धनको निर्णय आएलगतै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् ।

केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरूले नमान्ने नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति तथा मेयरका आंकाक्षी मनोज साहले चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसलाई आघात गर्ने हिसाबले निर्णय गरिएको भन्दै उनले यो निर्णयको निन्दा गर्नुका साथै कडा विरोध गर्ने पनि उनले चेतावनी दिएका छन् ।

साहले यो निर्णयविरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित रहेको पनि दाबी गरे ।

उनले जिल्लामा उपलब्ध शीर्ष नेताहरूसँग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको विरोधमा उत्रिनेसमेत चेतावनी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ०१ बजे

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको

उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं– न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी