बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरातमा « Khabarhub

बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरातमा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने भारत भ्रमणका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरात पुगेका छन् । भारत भ्रमणका क्रममा उनी बेलायतबाट सीधै गुजरातको अहमदाबाद शहरमा रहेको विमानस्थलमा अवतरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गुजरातमा रहँदा उनले त्यहाँका व्यापारिक प्रतिनिधिहरू लगायतसँग द्विपक्षीय हित, व्यापारिक एवम् जनस्तरको सम्बन्धबारे छलफल गर्ने छन् ।

कुनै पनि बेलायती प्रधानमन्त्रीको यो पहिलो गुजरात भ्रमण हो । बेलायतमा बसोबास गर्ने भारतीय मूलका झण्डै आधा जनसंख्या गुजरातबाट त्यहाँ पुगेको एएनआईले जनाएको छ ।

भारतको पाचौँ ठूलो राज्य गुजरातको भ्रमण सकेर प्रधानमन्त्री जोनसन राजधानी नयाँ दिल्ली जाने कार्यक्रम छ । शुक्रबार बिहानै जोनसनले भारतको राष्ट्रपति भवनको भ्रमण गर्ने र महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्ने कार्यक्रम रहेको एएनआईले जनाएको छ ।

दिल्लीमा रहँदा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग उच्चस्तरीय वार्ता गर्नेछन् ।

उनको भ्रमणका क्रममा भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता, इण्डो प्यासिफिक क्षेत्रमा सहकार्य अभिवृद्धि, रक्षा सम्बन्ध, आर्थिक एवम् कूटनीतिक सहकार्य, लगायतका विषय प्राथमिकतामा रहेको एएनआईले जनाएको छ ।

यसबाहेक रुसले युक्रेनमाथि जारी राखेको आक्रमणका विषयमा पनि बोरिस जोनसनले भारतीय नेतृत्वसँग छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : ४८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल