बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरातमा « Khabarhub

बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरातमा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने भारत भ्रमणका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरात पुगेका छन् । भारत भ्रमणका क्रममा उनी बेलायतबाट सीधै गुजरातको अहमदाबाद शहरमा रहेको विमानस्थलमा अवतरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गुजरातमा रहँदा उनले त्यहाँका व्यापारिक प्रतिनिधिहरू लगायतसँग द्विपक्षीय हित, व्यापारिक एवम् जनस्तरको सम्बन्धबारे छलफल गर्ने छन् ।

कुनै पनि बेलायती प्रधानमन्त्रीको यो पहिलो गुजरात भ्रमण हो । बेलायतमा बसोबास गर्ने भारतीय मूलका झण्डै आधा जनसंख्या गुजरातबाट त्यहाँ पुगेको एएनआईले जनाएको छ ।

भारतको पाचौँ ठूलो राज्य गुजरातको भ्रमण सकेर प्रधानमन्त्री जोनसन राजधानी नयाँ दिल्ली जाने कार्यक्रम छ । शुक्रबार बिहानै जोनसनले भारतको राष्ट्रपति भवनको भ्रमण गर्ने र महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्ने कार्यक्रम रहेको एएनआईले जनाएको छ ।

दिल्लीमा रहँदा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग उच्चस्तरीय वार्ता गर्नेछन् ।

उनको भ्रमणका क्रममा भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता, इण्डो प्यासिफिक क्षेत्रमा सहकार्य अभिवृद्धि, रक्षा सम्बन्ध, आर्थिक एवम् कूटनीतिक सहकार्य, लगायतका विषय प्राथमिकतामा रहेको एएनआईले जनाएको छ ।

यसबाहेक रुसले युक्रेनमाथि जारी राखेको आक्रमणका विषयमा पनि बोरिस जोनसनले भारतीय नेतृत्वसँग छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : ४८ बजे

गिग अर्थव्यवस्था ः नेपाली अर्थतन्त्रको नयाँ बाटो

नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन– बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसलेम– चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू…

मलेखु– हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै

निर्वाचन भयरहित गराउन सशस्त्रले बनायो परिचालन नीति, एक महिनाअघिदेखि खट्ने

काठमाडौं– सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन