सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।

बिहीबार विवाहका लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

राजविराज नगरपालिका–१४ पर्साही घर भई हाल छिन्नमस्ता–६ खुदिबखारीमा अस्थायी रूपमा बसाेबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छाेरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो ।

छिन्नमस्ता गाउँपालिका–३ सखडा स्थित सुरेन्द्र मण्डलकाे छाेरीकाे बिहेमा लगाइएकाे टेन्ट खाेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जनाए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १० : ४६ बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको