माधव नेपालको गृह नगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट छुट्टाछुट्टै नाम सिफारिस | Khabarhub Khabarhub

माधव नेपालको गृह नगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट छुट्टाछुट्टै नाम सिफारिस


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।

नेकपा एसले रौतहटको सबैभन्दा महत्त्वपूर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सात जनाको नामावली आज टुंगो लगाउँदै छ ।

‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भने । उनका अनुसार गिरीसहित सपुतबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।

नेकपा एसले पनि गत बुधबारको बैठकबाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

‘जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, ‘कमजोर दलहरुले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म माओवादीका मेयर र उपमेयरको नाम सिफारिस गरिसक्नेछौँ ।’

उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : १८ बजे

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चारकर्मीले सत्यतथ्य समाचार प्रकाशन-प्रशारण

गणेशमानको नाममा बजेटबारे प्रकाशमानको जवाफ- महामानवलाई सम्झिनु राज्यको दायित्व हो

काठमाडौं– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकशमान सिंहले देश र जनताका

नाइटोमा तेल हाल्दा हुनेछ पेट सफा, महिनावारी समस्या चट

काठमाडौं– आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

नेपालगञ्ज उपमहानगरद्वारा नीति, कार्यक्रम प्रस्तुत

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ

इरानी विश्लेषकको नजरमा अमेरिका–इजरायल असफल : न आणविक कार्यक्रम नष्ट गरे न त खमेनाईलाई हटाउन सके

तेहरान- इरानको तेहरानस्थित सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका अनुसन्धानकर्ता