दुई वर्षीया छोरीलाई खोलामा फालेर हत्या, आमा पक्राउ  | Khabarhub Khabarhub

दुई वर्षीया छोरीलाई खोलामा फालेर हत्या, आमा पक्राउ 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेकी थिइन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका–५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ४२ बजे

गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ- पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा

विदेशमा रहेकालाई मतदान गर्न दिनेबारे विज्ञसँग सरकारको छलफल

काठमाडौँ- आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली मतदाताको मताधिका सुरक्षित गर्ने

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको