युक्रेनी सैनिक बेलायतमा तालिम लिँदै « Khabarhub

युक्रेनी सैनिक बेलायतमा तालिम लिँदै


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनका फौजले बेलायतमा तालिम शुरु गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले युक्रेनलाई गत महिना प्रदान गरेको गस्ती गर्ने सवारीका साथ युक्रेनी सैनिकहरूले बेलायतमा तालिम लिइरहेका छन् ।

‘यसको सही प्रयोग गर्नका लागि राम्रो तालिम लिनु बुद्धिमानी हुन्छ ।’ ती प्रवक्ताले भने, ‘हामी यो युद्ध अझ नचर्कियोस भन्नेमा सतर्क छौँ तर अहिले पुटिनको सत्ताका कदमहरू यसलाई अझ चर्काउने किसिमका छन् ।’

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता बेलायतले युक्रेनलाई सहयोग गर्ने तत्परता देखाउँदै आएको रोयटर्सले जनाएको छ । बेलायतले केही समयअघि युक्रेनी फौजलाई ‘मस्टिफ’ सहितका १२० बख्तरबन्द गस्ती सवारी प्रदान गरेको थियो ।

यसबाहेक बेलायतले युक्रेनलाई ट्यांक भेदी, युद्धपोत भेदी र लडाकु विमान भेदी क्षेप्यास्त्र प्रणाली पनि सहयोग गरेको छ ।

युक्रेन सरकारका प्रतिनिधिमण्डलले केही समयअघि बेलायतको सलिसबरीको भ्रमण गरेका थिए । सो भ्रमणका क्रममा प्रतिनिधिमण्डललाई सैनिक सामग्री देखाइएको थियो भने युक्रेनलाई अझ बढी सहायता कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको थियो ।

बेलायतले सन् २०१४ मा रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो मुलुकमा गाभेयता युक्रेनी फौजलाई तालिम दिँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : ५३ बजे

बजेट खर्चमा लुम्बिनी सरकार कमजोर, खर्च प्रगति ४० प्रतिशतभन्दा कम

सिद्धार्थनगर– चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना