अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदैछ: मोहन बैद्य « Khabarhub

अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त हुँदैछ: मोहन बैद्य


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोहन बैद्य नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् ।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । जनयुद्धका बेला प्रतिकृयावादीको रक्षा कबज भन्दै एमाले प्रवृतिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसर खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरेको उनले बताए ।

पुरानो राज्यसत्ता हटाउनसँगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाइरहेको पनि उनकाे भनाइ छ ।

त्यस्तै उनले पञ्चायतमा अन्य दललाई दमन गर्न चालिएको कदम जस्तै अहिलेको कम्युनिष्टले त्यही गरिरहेको बताए । बैद्यले नवप्रतिक्रियावादीसँग लड्नका लागि विचार मिल्ने कम्युनिष्टहरूबीच एकता गर्नुपर्नेसमेत बताएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : १५ बजे

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न