युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने « Khabarhub

युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ । युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको क्षतिको समेत अध्ययन गरिरहेको एएनआईले जनाएको छ ।

भारतीय सेना रुसी हतियारको महत्वपूर्ण प्रयोगकर्ता हो । रुसी शैलीका टी ९० एवम् टी ७२ ट्यांक तथा बीएमपी नामक बख्तरबन्द गाडीलगायतका सैनिक सवारी भारतीय सेनामा समावेश छन् ।

विगतमा पाकिस्तानको सीमाक्षेत्रमा तैनाथ गरिएका यस्ता उपकरणलाई भारतले हाल चीनको सीमा क्षेत्रमा पनि तैनाथ गरिरहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ३३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार