थप १८ जनामा कोरोना संक्रमण « Khabarhub

थप १८ जनामा कोरोना संक्रमण


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोभिड–१९को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ६५१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या नौ लाख ७८ हजार ७१४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट संक्रमितको सङ्ख्या एक लाख ४० हजार १७९ रहेको छ । पछिल्लो समय थप २५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ४८१ पुगेको छ । यो दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २९ हजार ८३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २८२ रहेको छ । अहिले होम आइसोलेशनमा २७९ र संस्थागत आइसोलेशनमा तीन जना रहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै