सन्दीप लामिछाने आज स्वदेश फर्किँदै « Khabarhub

सन्दीप लामिछाने आज स्वदेश फर्किँदै


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने तीन साता लामो अष्ट्रेलिया बसाइपछि आज स्वदेश फर्किने भएका छन् ।

एकपछि अर्को विदेशी फ्रेन्चाइजी लिग खेलेर चर्चाको शिखरमा रहेका सन्दीप अष्ट्रेलियाका क्रिकेट एकेडेमीसँग केही छलफल लगायत केही व्यक्तिगत काममा लागि अष्ट्रेलिया पुगेको थिए ।

आसन्न आइसीसी टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटको तयारीका लागि उनी नेपाल फर्किन लागेका हुन् ।

अष्ट्रेलिया बसाईका क्रममा उनले केही क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुसँग महत्वपूर्ण भेटघाट गरेका थिए । इन्डियन प्रिमियर लिग आइपीएल खेलेर फर्किएपछि केही दिनको नेपाल बसाईपछि उनी अष्ट्रेलिया पुगेका थिए ।

उनी अष्ट्रेलियामा हुँदा दोस्रो पटक क्यारेवियन प्रिमियर लिगका लागि विक्रि भएका थिए । अघिल्लो संस्करणमा मात्र ५ हजार डलरमा विक्रि भएका उनी यसपटक ७० हजार डलरमा विक्रि भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : २० बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक