पुनः उम्मेदवार बन्न लमजुङका जनप्रतिनिधिले धमाधम राजीनामा दिँदै « Khabarhub

पुनः उम्मेदवार बन्न लमजुङका जनप्रतिनिधिले धमाधम राजीनामा दिँदै


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले धमाधम पदबाट राजीनामा दिइरहेका छन् । मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पुनः एमालेबाट वडाध्यक्ष बन्न पदबाट राजीनामा दिएका हुन् ।

यस्तै बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेमबहादुर तामाङले पनि वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजीनामा दिएका छन् ।

लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेमबहादुर तामाङले वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजीनामा दिएका छन् । बेसिसहर नगरपालिका ३ का वडा सदस्य श्रीकान्त घिमिरेले नगरपालिकाकै प्रमुखमा उम्मेदवारी दिन सदस्यबाट राजीनामा बुझाएका छन् । उनीहरू दुवै नेपाली कांग्रेस हुन्।

११ वैशाखअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको अन्य जनप्रतिनिधिहरूले बताएका छन् । लमजुङमा ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका छन्। जिल्लामा ७५ वटा वडा छन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ३३ बजे

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका