महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने « Khabarhub

महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो आज लगाउने भएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसले दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे सुरु हुने बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ।

यसअघि हिजो शुक्रबारका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक सहमति जुट्न नसकेको भन्दै स्थगित गरिएको थियो।

देशका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाउने तयारी प्रमुख दलहरुको छ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ४३ बजे

पत्रकार शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौं– पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ

‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

दोलखा– दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै

कृपाशुरको आरोप : शेरधनको निर्देशनमा प्रतिशोधस्वरुप मलाई कारबाही गरिएछ

काठमाडौं- पूर्वपर्यटमन्त्री एवम् नेकपा (एमाले) का संघीय मामिला तथा प्रशासन

विराटनगरले लियो कर्णालीको पहिलो विकेट, मार्क आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

भीम रावल भन्छन् : हेलिकप्टरमा भागेका ओली भक्तपुरको कुनाबाट जनता धम्क्याउँदैछन्

काठमाडौं- नेकपा एमालेले निष्कासित गरेपछि एक वर्षसम्म मातृभूमि अभियान चलाएका