महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै | Khabarhub Khabarhub

महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो आज लगाउने तयारी गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस भइ आएको जानकारी गराइएको थियो। सिफारिस भएका नामबारे छलफल गरेर टुंगो लगाउन लागिएको हो।

हालसम्म ललितपुर महानगरबाट हरिकृष्ण व्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगञ्जबाट विजय सरावगी गरी तीन जना मेयर सर्वसम्मत सिफारिस भएका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ५५ बजे

कम्बोडियामा बर्ड फ्लूबाट युवकको मृत्यु

फ्नोम पेन्ह- क्याम्बोडियामा २२ वर्षीय एक युवक ‘एच५एन१’ फ्लुबाट मृत्यु भएको

३० खर्ब नजिक पुग्यो विदेशी विनिमय सञ्चिति, १६ महिना बढीलाई आयात धान्न पुग्ने

काठमाडौं– चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति

मधेशका मुख्यमन्त्रीविरुद्ध ७४ जना प्रदेशसभा सदस्यको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध त्यहाँका ७४ जना

चीनको अन्तरिक्ष स्टेशनबाट चार मुसा र अन्तरिक्ष विज्ञान नमुनाहरू सफलतापूर्वक फिर्ता, वैज्ञानिकलाई बुझाइने

बेइजिङ– अन्तरिक्षमा जीवन–विज्ञान परीक्षणका लागि पठाइएका चार वटा मुसासहितको अन्तरिक्ष

३ महिनामा आयो साढे ५ खर्ब बढी रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालमा ५ खर्ब