कान्समा प्रतिस्पर्धा गर्दै अविनाशको ‘लोरी’ « Khabarhub

कान्समा प्रतिस्पर्धा गर्दै अविनाशको ‘लोरी’


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविनाशविक्रम शाहको छोटो फिल्म कान्स फिल्म फेस्टिभलमा छानिएको छ ।  

योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा अफिसियल छनौट हुने ‘लोरी’ पहिलो फिल्म बनेको छ ।  शुक्रबार साँझ सार्वजनिक लाइनअप अनुसार शाहको निर्देशन रहेको ‘लोरी’ समावेश छ।  ‘कालो पोथी’ का लेखक अविनाश विक्रम शाहले थुप्रै अवार्डे लघु फिल्मको निर्देशन गरेका छन् । उनले बनाउन लागेको पहिलो फिचर फिल्म ‘झ्यालिन्चा’ निर्माणको क्रममा रहेको छ । 

१ सय ४० देशका ३५ सय बढी फिल्मबाट ‘लोरी’ ले उत्कृष्ट ९ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । हङकङको फिल्म कम्पनीको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ मे २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । 

यसअघि कान्समा थुप्रै फिल्मकर्मीका फिल्म अनेक विधामा छानिएको भए पनि अफिसियल छानिएको पहिलो पटक हो । कान्समा गत वर्ष मात्र किरण पोखरेलको ‘विङस्’ नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्रयान्ड प्राइज जितेको थियो । 

यसअघि फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ को पटकथा पनि कान्समा छानिएको थियो । कान्सकै अघिल्ला वर्षहरूमा मीनले बन्न लागेको फिल्म ‘चिसो वर्ष’ का लागि ६६ लाख बराबरको फन्ड जितेका थिए । मे १७ देखि सुरु हुने फेस्टिभल २८ मा समापन हुँदैछ । फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ पनि उत्कृष्ट हुने फिल्मलाई पाम डी अर प्रदान गर्ने गरिन्छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : २० बजे

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष

जागरण अभियान सञ्चालन गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा बढी सम्बन्ध

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः

काठमाडौं- भारतमा गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी