नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड « Khabarhub

नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

नेपाल संवत् नयाँ वर्ष प्रारम्भ भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण संवत् भएको बताएका छन् ।

उनले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गरेका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

इतिहासअनुसार शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा प्रारम्भ भएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १२ : १६ बजे

नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

रियादतर्फ प्रहार गरिएको क्षेप्यास्त्र साउदीको हवाई प्रतिरक्षा प्रणालीले गर्‍यो नष्ट

रियाद – साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र

बालकको मृत्युपछि पर्सामा पटाका ओसारपसार र बिक्रीमा कडाइ

वीरगञ्ज- तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढ्न

हेटौँडामा प्रहरी सहायक हवल्दार मृत भेटिए

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत

मौलिक संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : गृहमन्त्री गुरुङ

ललितपुर – गृहमन्त्री सुधन गुरुङले आधुनिकीकरण र पश्चिमी संस्कृतिको प्रभाव