लुम्बिनी वल्र्ड स्कुल सञ्चालनको तयारीमा  « Khabarhub

लुम्बिनी वल्र्ड स्कुल सञ्चालनको तयारीमा 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीमा खुलेको लुम्बिनी वल्र्ड स्कुल सञ्चालनको तयारीमा छ । 

Avatar

तिलोत्तमा–१३, मधवलियामा खुलेको यो स्कुलाई सञ्चालकहरूले उपत्यका बाहिरको सर्वोत्कृष्ट स्कुलको रुपमा दाबी गरेका छन् । आगामी शैक्षिक सत्रबाट यो सञ्चालनमा आउन लागेको हो । 

Avatar

रूपन्देहीबाट पठनपाठनका लागि भारत जाने विद्यार्थी रोक्न, पढाइसहित संस्कार सिकाउन यो स्कुल सफल हुने प्रिन्सिपल विष्णुप्रसाद ढकालले बताए । पहिलो वर्षमै यहाँ कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरिनेछ । 

Avatar

२० जना मात्रै विद्यार्थी देखिनेगरी प्रत्येक कक्षा कोठाको डिजाइन गरेको, आईटी, पुस्तकालय लगायतको सुविधा रहेको स्कुल प्रशासनले जनाएको छ । स्कुलले आफ्नै पाठ्यक्रम बनाएर हरेक विषयमा दुई जना शिक्षक राखेर नियमित कक्षा सञ्चालन गर्न विदेशमा अनुभव प्राप्त शिक्षक ल्याएको छ ।

Avatar

साढे ३ बिगाहा क्षेत्रफलमा रहेको स्कुलको मूल भवनसहित पुस्तकालय, स्विमिङ पुल, क्याफ्टेरिया, फुटसल, बास्केटबल कोर्ट लगायतका पूर्वाधार रहेको र केही निर्माणको क्रममा रहेको स्कुलका अध्यक्ष योगेश घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ४१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच