विमान हराएको एक हप्ता भयो तर परेन फेला | Khabarhub Khabarhub

विमान हराएको एक हप्ता भयो तर परेन फेला


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत–एक साता अघि (गत सोमबार) ८ जना क्रु सदस्य र ५ जनासहित १३ जना लिएर उडेको भारतीय वायुसेवाको एएन–३२ अझै फेला परेको छैन ।

विमान आसामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको थियो । सोमवार दिउँसो १ बजे पछि विमानसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् ।

विमान हराएको एक साता वितेको छ र विमानको खोजी अझै जारी छ । हराएको विमानमा आधुनिक एवियोनिक्स, रडार या आपातकालीन लोकेटर ट्रान्समीटर ईएलटीथिएन ।

विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेश को पश्चिम सिन्याग जिल्लामा चीनको सीमा नजिक फेला परेको थियो । यो विमान यही क्षेत्र आसपास रहेको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिएको भए पनि विमान फेला परेको छैन ।

भारतीय वायु सेनाको एन्टोनोभ एन् ३२ विमान त्यसको ३५ मिनेटपछि सम्पर्कविहीन हुन पुग्यो। चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको उक्त मालवाहक विमानमा चालक दलका ८ सदस्यसहित अन्य पाँच यात्रु सवार थिए।

रूसमा निर्मित दुइटा इन्जिन भएको ट्रबोप्राप उक्त जहाज भारतीय सेनाले विशेष गरी सेना र मालसामान ढुवानीका लागि प्रयोग गर्दै आएको थियो। विमान हराइरहेको क्षेत्र भौगोलिक हिसाबले कठिन हुनुका साथै घना जंगल रहेको बताइन्छ।

जहाज खोजीका लागि भारतीय सेनाले भएभरको संयन्त्र प्रयोग गरेको दाबी गर्दै आए पनि अहिलेसम्म विमान र त्यसमा रहेका यात्रुका बारेमा कुनै पनि सूचना प्राप्त गर्न सकेको छैन।

यद्यपि सेनाले भने ट्वीटरमार्फत जहाजको खोजीका लागि हरसम्भव प्रयास गरिहेको बताउँदै आएको छ। खोजी कार्यको पछिल्लो अवस्था बुझन भारतीय वायु सेनाका प्रमुख करमवीर सिंह आफैं शनिबार जोरहाट पुगेका थिए।

यसैबीच खोजी कार्यक्रममा ठोस प्रगति नभएपछि भारतीय वायु सेनाले शनिबार बेपत्ता विमानका बारेमा भरपर्दो सूचना दिनेलाई ५ लाख भारु नगद पुरस्कार दिने घोषणा गरेको छ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १० : १६ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड