विमान हराएको एक हप्ता भयो तर परेन फेला « Khabarhub

विमान हराएको एक हप्ता भयो तर परेन फेला


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत–एक साता अघि (गत सोमबार) ८ जना क्रु सदस्य र ५ जनासहित १३ जना लिएर उडेको भारतीय वायुसेवाको एएन–३२ अझै फेला परेको छैन ।

विमान आसामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको थियो । सोमवार दिउँसो १ बजे पछि विमानसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् ।

विमान हराएको एक साता वितेको छ र विमानको खोजी अझै जारी छ । हराएको विमानमा आधुनिक एवियोनिक्स, रडार या आपातकालीन लोकेटर ट्रान्समीटर ईएलटीथिएन ।

विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेश को पश्चिम सिन्याग जिल्लामा चीनको सीमा नजिक फेला परेको थियो । यो विमान यही क्षेत्र आसपास रहेको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिएको भए पनि विमान फेला परेको छैन ।

भारतीय वायु सेनाको एन्टोनोभ एन् ३२ विमान त्यसको ३५ मिनेटपछि सम्पर्कविहीन हुन पुग्यो। चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको उक्त मालवाहक विमानमा चालक दलका ८ सदस्यसहित अन्य पाँच यात्रु सवार थिए।

रूसमा निर्मित दुइटा इन्जिन भएको ट्रबोप्राप उक्त जहाज भारतीय सेनाले विशेष गरी सेना र मालसामान ढुवानीका लागि प्रयोग गर्दै आएको थियो। विमान हराइरहेको क्षेत्र भौगोलिक हिसाबले कठिन हुनुका साथै घना जंगल रहेको बताइन्छ।

जहाज खोजीका लागि भारतीय सेनाले भएभरको संयन्त्र प्रयोग गरेको दाबी गर्दै आए पनि अहिलेसम्म विमान र त्यसमा रहेका यात्रुका बारेमा कुनै पनि सूचना प्राप्त गर्न सकेको छैन।

यद्यपि सेनाले भने ट्वीटरमार्फत जहाजको खोजीका लागि हरसम्भव प्रयास गरिहेको बताउँदै आएको छ। खोजी कार्यको पछिल्लो अवस्था बुझन भारतीय वायु सेनाका प्रमुख करमवीर सिंह आफैं शनिबार जोरहाट पुगेका थिए।

यसैबीच खोजी कार्यक्रममा ठोस प्रगति नभएपछि भारतीय वायु सेनाले शनिबार बेपत्ता विमानका बारेमा भरपर्दो सूचना दिनेलाई ५ लाख भारु नगद पुरस्कार दिने घोषणा गरेको छ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १० : १६ बजे

लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग  छलफल

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले