आईपीएल क्रिकेट : बेंगलोरविरुद्ध हैदराबादको सहज जित « Khabarhub

आईपीएल क्रिकेट : बेंगलोरविरुद्ध हैदराबादको सहज जित


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउदै ६८ रनमा समेटियो । बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए ।

जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अंक बनाउदै चौथो स्थानमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै