पूर्वराज्यमन्त्री एवं प्रदेशसभा सदस्य डिम्पल झाको निधन | Khabarhub Khabarhub

पूर्वराज्यमन्त्री एवं प्रदेशसभा सदस्य डिम्पल झाको निधन


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराज्यमन्त्री एवं लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

झाको उपचारका क्रममा आइतबार राति काठमाडौँमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् । डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् ।

पूर्वसंविधानसभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी डिम्पल झाजीको दुःखद देहान्तको खबरले मर्माहत भएको छु,’ नेता सुरेन्द्रले भनेका छन्।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ४९ बजे

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध

एजेन्सी– धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ