सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु, परिचालक गम्भीर घाइते « Khabarhub

सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु, परिचालक गम्भीर घाइते


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान – सल्यानको बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।

दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । घाइते भएका परिचालक सल्यान छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्रबहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : ४३ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका