विशालको ह्याट्रीकसँगै झापाको विजयी सुरुवात « Khabarhub

विशालको ह्याट्रीकसँगै झापाको विजयी सुरुवात


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार बिहान भएको खेलमा झापाले समाज कल्याण खेलकुद केन्द्रलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

झापाको जितमा विशाल खवासको ह्याट्रिक गर्दा सन्तोष लावतीले १ गोल गरेका थिए । समाजका लागि राकेश विश्वकर्मा र सारद राईले गोल फर्काए । झापाका विशाल खवास म्यान अफ द म्याच भए ।

आजै हुने दोस्रो खेलमा महावीर क्लब र प्लानिङ ब्वाईज युनाईटेड दिउँसो पौने १ बजे भिड्नेछन् । खालीबानरी युथ फुटबल क्लब र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे आमनेसामने हुनेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : १६ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार