ओटीटीमा उदाउँदै शिल्पा | Khabarhub Khabarhub

ओटीटीमा उदाउँदै शिल्पा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडझै बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारीका साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् ।

 ‘सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बासूर्यवंशीसम्म पुर्‍याइसकेका छन् । पुलिसकै कथामा तीनवटा फिल्मलाई दर्शकमाझ ल्याइरहेका रोहितले बलिउड फिल्ममा ‘कप युनिभर्स’ तयार गरिसकेका छन् ।

अब उनले हलिउड शैलीमा कप युनिभर्सलाई सानो पर्दामा समेत जोड्नेछन् । अमेजन प्राइम भिडियोसँगको सहकार्यमा रोहित शेट्टी पिक्चर्जले ‘इन्डियन पुलिस फोर्स’ नामक वेब सिरिज तयार गरिरहेका छन् । ठुलो पर्दामा देख्दै आइरहेको एक्सनलाई सिरिजमा ल्याउन लागेका रोहितले यसमा सिद्धार्थ मलहोत्रासँगै शिल्पा शेट्टीलाई समेत कास्ट गरेका छन् । 

शिल्पाले पनि फिल्ममा अफिसरकै भूमिका निर्वाह गर्नेछिन् । रविना टन्डन, माधुरी दीक्षित, जुही चावल पश्चात शिल्पाले पनि ओटीटीमा डेब्यु गरेकी हुन् । सिरिजलाई दर्शकको राम्रो साथ पाएमा रोहितले यसलाई ठुलो पर्दामा समेत इन्ट्री गराउनेछन् ।

पछिल्लो समय मार्भल स्टुडियोले आफ्नो नयाँ सुपर हिरोहरुलाई सिरिजको माध्यमले दर्शकसम्म ल्याइरहेको छ। वान्डा एण्ड भिजन, फाल्कन एण्ड विन्टर सोल्जर, लोकीको कथालाई दर्शकसम्म पुर्‍याएको मार्भलले अहिले  ‘मुननाइट’ मार्फत नयाँ सुपरहिरोलाई दर्शकसम्म ल्याईरहेको छ । यही शैलीमा रोहितले पनि कप युनिभर्सलाई सिरिजमा ल्याएका छन् ।

सिरिजमा सिद्धार्थ मलहोत्रालाई कास्ट गरिएको छ । सिद्धार्थ अभिनीत पछिल्लो फिल्म शेरशाह हिट भएपछि उनलाई पुलिसको भूमिका अफर भइरहेका छन् । प्रहरीको लुकेको वीरताको कथालाई रोहितले सिरिज मार्फत प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ४७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र