फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी | Khabarhub Khabarhub

फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान जारी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोश्रो चरणको मतदान शुरु भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान १२ घण्टासम्म चल्ने बीबीसीले जनाएको छ ।

फ्रान्समा मतदानका लागि ४ करोड ८७ लाख मतदाता योग्य रहेको फ्रान्सेली टेलिभिजन च्यानल फ्रान्स २४ ले जनाएको छ । दोश्रो चरणमा वर्तमान राष्ट्रपति इम्मानुएल म्याक्रों र दक्षिणपन्थी उम्मेद्‍वार मरीँ ले पेनबीच प्रतिस्पर्धा भइरहेको हो ।

यसअघि गत अप्रिल १० मा भएको पहिलो चरणको मतदानमा म्याक्रोंले २७ दशमलब ८ तथा ले पेनले २३ दशमलब १ प्रतिशत मत प्राप्त गरेका थिए ।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद‍्वारले ५० प्रतिशत भन्दा धेरै मत प्राप्त गर्न नसके दोश्रो चरणको मतदान हुने प्रावधानअनुसार मतदान भइरहेको हो ।

सर्वेक्षणहरुले म्याक्रोंले चुनाव जित्ने नतिजा देखाएपनि ले पेनको पराजयलाई अस्वीकार गरिहाल्न नसकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उर्जा एवम् खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको मूल्यवृद्धि, मुद्रास्फीति, युक्रेनमा जारी रुसी आक्रमण लगायतका मुद्दा यो चुनावका प्रमुख मुद्दा रहेको बताइएको छ ।

मतदान सकिएको केही समयपछि फ्रान्सेली टेलिभिजनले नतिजा सार्वजनिक गर्ने फ्रान्स २४ ले जनाएको छ । चुनावको नतिजा जस्तो आएपनि राष्ट्रपति म्याक्रोंले आइतबार अबेर पेरिसको आइफेल टावरबाट सम्बधोन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ३१ बजे

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक