नगरपालिकाको कार्यालयमा ४ दिनदेखि स्थानीयको ताला | Khabarhub Khabarhub

नगरपालिकाको कार्यालयमा ४ दिनदेखि स्थानीयको ताला


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि स्थानीयले तालाबन्दी गरेका छन् । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न माग गर्दै स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् ।

नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालय बन्द गर्नुपरेको स्थानीय भरत बिकले बताए ।

नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नंको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको उनीहरूको भनाइ छ । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन् ।

स्थानीयले कार्यपालिकाले गरेको निर्णय सच्याउन ज्ञापनपत्रदेखि अन्य छलफल गरिँदा पनि बेवास्ता गरिएको र आफूअनुकूल ठेक्का दिएर जबर्जस्ती नगरप्रमुखले डम्पिङ साइड निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

वडाध्यक्षसमेतले जनताको मागलाई ध्यान नदिएर नगरप्रमुखको नै आदेश मानेको र पैसाका लागि स्वार्थ राखेर जनताको स्वास्थ्यलाई पर्ने असरको बेवास्ता गरिएको स्थानीयवासीको भनाइ रहेको छ । स्थानीयवासीले कार्यालयमा तालाबन्दी गरी दिनभर कोल्टीमा नारा जुलुससहित विरोध गर्ने गरेका छन् ।

खोला नजीकै फोहर व्यवस्थापन गरिँदा पानी अशुद्ध हुने, त्यही पानी बगेर कर्णाली नदीमा जाने हुँदा सिङ्गो नदी नै दुर्गन्धित हुने र वातावरण प्रदूषित हुने असन्तुष्ट पक्षहरुको तर्क छ । आर्थिक वर्षको अन्तमा आएर कार्यालयको सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् भने दैनिक कामकाज प्रभावित छन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  १२ : ०५ बजे

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’

भारत दक्षिणपूर्वी एशियाली मुलुकसँग सहकार्य बढाउँदै

काठमाडौं – केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुर र

गुल्मीमा सुख्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी – सुख्खा पहिरोमा परी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक

सर्लाहीमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

सर्लाही । यहाँको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको