कास्की– पर्यटकीय नगरी पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ ।
महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।
९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा आज १३ वटा बेलुन पोखराको आकासमा उडेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया