मकै बालीमा फौजी कीराको प्रकोप, किसान समस्यामा « Khabarhub

मकै बालीमा फौजी कीराको प्रकोप, किसान समस्यामा


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीमा लगाइएको मकै बालीमा उम्रिने बित्तिकै फौजी कीराले नोक्सानी गरेपछि यहाँका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । 

मकैबाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्‍याएको गुनासो आएको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । स्थानीय तहका कृषि प्राविधिकका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा मकै बालीमा ठूलो क्षति पुगेको छ । मङ्गला गाउँपालिकाका कृषि शाखाका प्राविधिक जगत बानियाँले फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिए। 

किसानले विषादीसमेत प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए। उन्नत जातको मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण म्याग्दीको बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : १५ बजे

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

एजेन्सी– उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ– मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि