नेपालको स्वास्थ्यसम्बन्धी प्राथमिकताका क्षेत्रमा सघाउँछौँ : डब्ल्यूएचओ « Khabarhub

नेपालको स्वास्थ्यसम्बन्धी प्राथमिकताका क्षेत्रमा सघाउँछौँ : डब्ल्यूएचओ


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालको स्वास्थ्य आपतकालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

आइतबार काठमाडौंमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पत्रकार सम्मेलन गर्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणका क्रममा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता जनाएको जानकारी दिएका हुन् ।

त्यस्तै भ्रमणका क्रममा नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, कीटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्यूएचओको दक्षिणपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिवद्धता पनि प्राप्त भएको मन्त्री खतिवडाले जनाए ।

मन्त्री खतिवडाले अत्यावश्यक औषधि उत्पादन र शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गरेको पनि जानकारी दिए ।

डब्ल्यूएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेको विषयलाई डब्ल्यूएचओले सकारात्मक रूपमा लिएकोसमेत मन्त्री खतिवडाले जानकारी दिएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : २८ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना