प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल | Khabarhub Khabarhub

प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरुबाट उत्पादित विद्युत खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने छ ।

प्रसारण लाइन अभावमा लमजुङमा निर्माण सम्पन्न भएका आयोजनाहरूको विद्युत जोड्न नसकिएको भन्ने सार्वजनिक भएपछि प्राधिकरणको उच्च व्यवस्थापनले दोर्दी र ङादी खोलामा निर्माणाधीन जलविद्युत आयोजना र ती आयोजनाहरूको विद्युत प्रवाहका लागि निर्माणाधीन प्रसारण लाइनको स्थलगत निरीक्षण भ्रमण गर्दै निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनाहरूको निरीक्षण गरेको हो ।

टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावर लि.को ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजनाहरूको भ्रमण गरेको थियो ।

टोलीले ती आयोजनाहरुको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिहरूसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजनाहरु जतिक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइनमा अभावमा विद्युत जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन नदिने बताए।

प्राधिकरणले दोर्दी खोलाका जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सबस्टेसन निर्माण सम्पन्न गरेको थियो ।

तर, १ असार २०७८ मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ वटा टावरमध्ये ४ वटालाई बगाएको थियो । बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति पुर्‍याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ वटा टावर र जलविद्युत आयोजनाहरूको पुनर्निर्माण भइरहेको छ । ४ वटा टावरमध्ये २ वटाको जग हालिएको, १ वटा खडा गरिएको छ भने दुई वटाको जग हाल्ने काम भइरहेको छ । यो काम वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन बाढीले बगायो भने जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्यायो, अहिले प्रसारण लाइन तथा जलविद्युत आयोजनाहरूको पुनर्निर्माण तथा मर्मतसम्भार भइरहेको छ, यो काम सम्पन्न गर्न बढीमा दुई महिना लाग्ने देखिएको छ, त्यसैले जलविद्युत आयोजनाहरूको बाँकी काम सक्ने बेलासम्म प्रसारण लाइन पनि तयार हुन्छ’, उनले भने, ‘एकले अर्कोलाई आरोप लगाउने भन्दा पनि सबै पक्ष मिलेर जतिसक्दो छिट्टो काम सम्पन्न गरौं, प्रसारण लाइन छैन भन्दै काममा ढिलाइ नगरौं, ठेकेदारले प्रसारण लाइनको संवेदनशीलतालाई ध्यान दिएर श्रमिक थपी निर्माण तत्काल सम्पन्न गरिदिनु पर्‍यो ।’

आयोजनाहरुमध्ये दोर्दी खोला रे दोर्दी–१ जलविद्युत आयोजनाको काम केही छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उनले बताए । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षणहरु सम्पन्न गरी २० दिनभित्रमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएको थियो ।

आयोजनाको विद्युत प्रवाहका लागि वैकल्पिक व्यवस्था अन्तर्गतहाल सञ्चालनमा रहेको मध्य मस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोडिने छ । यसका लागिउदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाख भित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीजयार्डसम्म लैजान आवश्यक पर्ने १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ ।

उदीपुर–मार्कीचोक (तनहुँ) २२० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी–१ आयोजनाको विद्युत पनि मध्यमस्र्याङद्दीको स्वीचयार्डमै जाडिने छ ।

‘अहिलेको ऊर्जा संकटको प्रसारण लाइन अभावमा २७ मेगावाट र १२ मेगावाट विद्युत जोड्न नसक्ने अवस्था आउन दिनुहुँदैन, यसमा मुख्य रुपमा ठेकेदारले गम्भीर भएर काम गरिदिनुपर्यो’, कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई निर्देशन दिंदै भने।

बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावर लि.ले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले शुक्रबारबाट परीक्षण उत्पादन सुरु गरेको छ ।

‘स्थानीयको अवरोधले खुदी–उदीपुर प्रसारण लाइन निर्माणका केही ढिला हुँदा वैकल्पिक व्यवस्था अन्तर्गत चिनियाँ लागानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजनाको प्रसारण लाइनमा न्यादीको विद्युत जोडिएको छ, चिनियाँहरुले जोड्न नदिने अडान लिइरहेका थिए तर प्राधिकरणको निरन्तरको प्रयासपछि अन्ततः न्यादीलाई जोड्न सफल भयौं’, कार्यकारी निर्देशक घिसिङले भने।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : १५ बजे

आजका समाचार : एमालेलाई जग्गादानमा सर्वोच्चको अंकुश, कांग्रेसबाटै घेरिए गृहमन्त्री, रविलाई हिरासतमा नराखी अनुसन्धान गर्न माग

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश   सर्वोच्च अदालतले

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

काठमाडौं – तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म बन्द

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

काठमाडौं– ज्योतिषी हरहर अधिकारी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’

राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता अर्याल सम्मानित

काठमाडौं– राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल पुरस्कृत तथा