जसपाको स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक « Khabarhub

जसपाको स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले भ्रष्टाचार मुक्त बनाऔँ, विकास र समृद्धिको अभियान अघि बढाऔँ भन्ने नारा दिएर स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । 

निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवा सुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने जसपाको विश्वास छ । जसपाले वडा र पालिका कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्ट्राचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारवाही गरिने जनाएको छ ।

 त्यस्तै प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने र माध्यमिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको जसपा नेता अशोक राईले जानकारी दिए। त्यस्तै स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको रहेको उनले बताए।

पत्रकार सम्मेलनमा जसपा अध्यक्ष उपेन्द्र यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाँउ गाँउमा स्वस्थकर पिउने पानी, फोहरमैला व्यवस्थापनका विषय र विपत व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए।

त्यस्तै जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलेले मास्टरप्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिवद्धता जनाए । लोकतन्त्रलाई जनताको घरदैलोमा पुर्‍याउने र तल्लोतहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनको भनाइ छ ।

जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी/दलित, दुर्गमवासी, महिला, लैङ्गिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिवद्धता जनाएको छ । आधुनिक शौचालय सुविधा नपुगेका घर–परिवारलाई शौचालय निर्माण गर्न रू १० हजारको अनुदान दिइनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र