कांग्रेस हुम्लाका पूर्वकोषाध्यक्षद्वारा स्वतन्त्र उम्मेदवारी « Khabarhub

कांग्रेस हुम्लाका पूर्वकोषाध्यक्षद्वारा स्वतन्त्र उम्मेदवारी


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– स्थानीय तहको निर्वाचनका कांग्रेस हुम्लाका पूर्वकोषाध्यक्ष दीपबहादुर सिंहले उपाध्यक्ष पदका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनभित्र कांग्रेसबाट उनको नाम नपरेपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । सिहं कांग्रेसको छैटौँ जिल्ला अधिवेशनबाट कोषाध्यक्षमा चयन भएका थिए । सिंह थाहा पाएपछि उनले स्वतन्त्रबाट मनोनयन दर्ता गरेको जनाएका छन् ।

पहिलो मुख्य निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने आठ जनामा सात जताले स्वतन्त्रबाट दर्ता गराएका हुन् । मनोनयन दर्ता गराएकाहरूमा गाउँपालिका उपाध्यक्ष वडाध्यक्ष, सदस्य पदका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।

स्वतन्त्रबाट मनोनयन दर्ता गर्नेमा पार्टीबाट टिकट नपाएपछि रुष्ट रहेका व्यक्तिको संख्या बढेको छ । त्यसैगरी, सिमकोट ६ का जयचन्द्र रोकायाले पनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन् ।

रोकायाले यसअघि नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष जितेका थिए । सिमकोट गाउँपालिकाकै ७ वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हर्कबहादुर शाहीले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।

सिमकोट गाउँपालिका ७ का दिपी सिंहले पनि वडा अध्यक्षमा आफ्नो मनोनयन दिएका हुन् ।

खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेबाट प्रकाशबहादुर शाहीले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत विष्णुबहादुर शाहीले बताए ।

खार्पुनाथ गाउँपालिका–५ को अध्यक्षमा केन्द्रराज शाही र सदस्य पदका लागि पनि एमालेको तर्फबाट मनोनयन दर्ता गरिएको सहायक निर्वाचन अधिकृत  शाहीले बताए  ।

हुम्ला जिल्लाको तल्लो भेग ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहले एक जना वडा अध्यक्ष र सदस्य स्वतन्त्र पदका लागि दरखास्त फारम लिए पनि मनोनयन दर्ता भने नभएको बताए ।

हुम्ला जिल्लाका अन्य चार गाउँपालिका नाम्खा, सर्केगार्ड, चङ्खेली र अदानचुली गाउँपालिकामा भने कुनै मनोनयन दर्ता नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोटले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ३९ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार