येल्लो भेष्ट प्रदर्शन १३ औँ सातामा | Khabarhub Khabarhub

येल्लो भेष्ट प्रदर्शन १३ औँ सातामा


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्समा येल्लो भेष्ट प्रदर्शन १३ औँ सातामा जारी छ । गत नोभेम्बरयता जारी प्रदर्शनका क्रममा येल्लो भेष्ट प्रदर्शनकारीले यो साताको शनिबार पनि राजधानी पेरिससहित मुलुकका विभिन्न शहरमा प्रदर्शन गरे ।

पछिल्लो प्रदर्शन पनि अन्य साताकोजस्तै हिंसात्मक भएको छ । प्रदर्शनकारीले प्रहरीको भ्यान र अन्य सवारी साधनमा आगजनी गरेको तथा पसलमा तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्न अश्रुग्याँस, पानीको फोहोरा र रबरको गोली चलाएको जनाइएको छ ।

पछिल्लो प्रदर्शनमा १२ हजार प्रदर्शनकारी सहभागी रहेको फ्रान्सका आन्तरिक मामिला मन्त्रालयले जनाएपनि प्रदर्शनकारीको वास्तविक सङ्ख्या २० हजारभन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले प्राकृतिक तेल र ग्याँसमा कर बढाउने निर्णय गरेपछि सुरु भएको प्रदर्शन पछिल्ला केही महिनायता आएर सामाजिक असन्तुलन र जनजीविकाका विषयमा समेत केन्द्रित हुने गरेको छ । उनीहरुले राष्ट्रपति म्याक्रोंको राजीनामा समेत माग्ने गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ३९ बजे

अब उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई