एमाले र बीपी कांग्रेसबीचको गठबन्धनप्रति ओझाको असन्तुष्टि « Khabarhub

एमाले र बीपी कांग्रेसबीचको गठबन्धनप्रति ओझाको असन्तुष्टि


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डेल्धुरामा दुई भागमा बाँडिएको नेपाली कांग्रेसको एक पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि नेकपा एमालेका नेता तथा अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओझाले नेकपा एमाले डडेल्धुरा र नेपाली कांग्रेस मल्ल समूहबीच अमरगढी नगरपालिकामा गरिएको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ओझाले बिना परामर्श गरिएको कथित सहमतिकाविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । कांग्रेसमा देउवासँग पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस बिपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।

आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका सात वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ । जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी काँग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्था उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ५८ बजे

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट