तनहुँबाट कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ  « Khabarhub

तनहुँबाट कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ 


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ वर्षीय सुशिल बिक र सोही नगरपालिका–३ बस्ने ४७ वर्षीय होम बहादुर बिक रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय बिशाल ढुंगाना केही दिनअघि सोही नगरपालिका–४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा संलग्न उनीहरूलाई सोही नगरपालिका–१० ढोरफिर्दीबाट प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूमाथि जिल्ला अदालत तनहुँबाट १२ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ३६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी