भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानको भिडन्त निश्चित « Khabarhub

भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानको भिडन्त निश्चित


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । 

नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीचमा भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् ।

मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन् । 

मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो । 

मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए ।

उक्त बेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागबन्डा लगाइएको थियो । 

तर, नेपाल मजदुर किसान पार्टी बाट उपमेयरका उम्मेदवार पराजित भएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी वढी बलिया दलहरू हुन् ।  

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५८ बजे

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारकाका लागि विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद् दुवै सदनको बैठक आज : सभामुख बन्दै डिपी अर्याल

काठमाडौँ – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।