भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानको भिडन्त निश्चित | Khabarhub Khabarhub

भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानको भिडन्त निश्चित


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । 

नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीचमा भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुन् ।

मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुन् । 

मदनसुन्दर वर्तमान मेयर पनि हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाइँ र जेठानको भिडन्त हुने पक्का भएको हो । 

मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि कांग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए ।

उक्त बेला एमालेबाट मदनसुन्दर मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागबन्डा लगाइएको थियो । 

तर, नेपाल मजदुर किसान पार्टी बाट उपमेयरका उम्मेदवार पराजित भएको थियो । यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदुर किसान पार्टी वढी बलिया दलहरू हुन् ।  

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५८ बजे

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् ।

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र

अनलाइन ठगीबाट जोगिन कास्की प्रहरीको आग्रह

गण्डकी- अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले