तनहुँको व्यासमा माओवादीका न्यौपाने र सुर्खालीको मनोनयन दर्ता « Khabarhub

तनहुँको व्यासमा माओवादीका न्यौपाने र सुर्खालीको मनोनयन दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाको मेयर र उपमेयरमा ठूला दलको पनि मनोनयन दर्ता सुरु भएको छ । केहीबेर अगाडि माओवादी केन्द्रबाट मेयरमा अतिन्द्रकेशरी न्यौपाने र उपमेयरमा देवा सुर्खालीले मनोनयन दर्ता गराएका छन् ।

व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य श्रेष्ठ दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत हुन् ।

नेकपा एमाले र गोविन्दराज जोशी समूहबाट मेयर र उपमेयर दुवै उम्मेद्वारले मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । मेयरमा जोशीपुत्र दिपकराज जोशीले र उपमेयरमा नेकपा एमालेकी बसुन्धरा घर्तीले मनोनयन दर्ता गराउँदै छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार पनि मनोनयन दर्ता गर्नलाई दर्तास्थलमा पुगेका छन् । एकीकृत समाजवादीबाट मेयरमा शंकरनारायण श्रेष्ठ र उपमेयरमा मनुमाया श्रेष्ठले उम्मेद्वारी दिने छन् ।

कांग्रेसबाट हालका मेयर बैकुण्ठ न्यौपानेले मेयर र इन्दिरा दरैले उपमेयरमा उम्मेद्वारी दिने छन् ।

आइतबार पनि व्यास नगरपालिकामा मेयरमा मात्र तीन जनाको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट पार्वती कार्की, विवेकशील साझाबाट रमेशप्रसाद आचार्य र मङ्गोल नेशनलबाट अनिता थापा मगरको उम्मेदवारी परेकाे छ । उपप्रमुखमा मंगोल नेशनलबाट अर्गनाइजेशनबाट श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुको उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ५६ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र