रसुवामा गठबन्धन टुट्यो, छुट्टाछुट्टै मनोनयन दर्ता « Khabarhub

रसुवामा गठबन्धन टुट्यो, छुट्टाछुट्टै मनोनयन दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा सत्तारुढ गठबन्धन आबद्ध दलले छुट्टाछुट्टै उम्मेदवार दर्ता गरेका छन् । साेमबार दिउँसोसम्म पनि सहमतिको प्रयास भएकोमा सहमति नभएपछि सबै दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रले साेमबार अपरान्ह ४ बजेपछि उम्मेदवारी दर्ता गराएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन गरी चुनाव लड्ने तयारी भएको थियो ।

नेकपा माओवादी केन्द्रका संयोजक मेघनाथ घिमिरेले गठबन्धन टुटेसँगै उम्मेदवारी दर्ता गरिएको बताए ।

जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ३० बजे

मण्डनदेउपुरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने

काभ्रेपलाञ्चोक– बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले