आर्थिक मन्दीमा परेका साउदी कम्पनीलाई बजेट, नेपाली कामदारलाई पुग्ला फाइदा ? « Khabarhub

आर्थिक मन्दीमा परेका साउदी कम्पनीलाई बजेट, नेपाली कामदारलाई पुग्ला फाइदा ?


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अलले पछिल्लो समय आर्थिक मन्दीमा परेर बन्द हुने अवस्थामा पुगेका रोजगारदाता कम्पनीका लागि बजेट विनियोजन गरेका छन् ।

राजा सलमानले सन् २०१७ /२०१८ मा विदेशी कामदार अनुमति पत्रको शुल्क तिर्न नसकेका साना तथा मझौला कम्पनीहरूलाई ११ अर्ब ५० करोड साउदी रियाल विनियोजन गरेको साउदी अरबका सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् ।

गएको दुई वर्षदेखि आर्थिक मन्दीबाट बन्द हुने अवस्थामा पुगेका साउदीका कम्पनीहरुलाई यसले ठूलो राहत पुग्ने र स्थानीय नागरिकसहित विदेशी कामदारलाई निर्माण क्षेत्रमा पुन रोजगारीका अवसर सिर्जना हुने सम्भावाना देखिएको छ ।

राजा सलमानले मन्दीमा परेका कम्पनीका लागि छुटाएको बजेट साउदीको श्रम मन्त्रालयले आर्थिक संटकमा परेका कम्पनीको अध्ययन गरेर वितरण गरिने योजना रहेको जानएको छ ।

साउदी अरबमा हाल नेपालीसहित ८० लाख भन्दा बढी आप्रवासी कामदार रहेका छन् । उनीहरुले त्यहाँ कम तलबमा जोखिमपूर्ण काम गरिरहेका छन् । कतिपयले महिना पुरा भएको लामो समयसम्म पनि तलब, सुविधा पाउन सकेका छैनन् । तलब नपाउनेमा साउदी नागरिकको संख्या ठूलो रहेको विभिन्न सञ्चारमाध्यम जनाउदै आएका छन् ।

पछिल्लो समय साउदीमा देखिएका आर्थिक मन्दीका कारण विदेशी कामदार भित्रिने क्रम मासिक रुपमा घट्दै गएपछि त्यहाँ सरकारले आप्रावासी र स्वदेश श्रमिक बराबर राखेको रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ३ : ५० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र