सुर्तीजन्य पदार्थको सेवनबाट प्रतिघण्टा चारजना भन्दा धेरैको मृत्यु, कर बढाउन अपिल « Khabarhub

सुर्तीजन्य पदार्थको सेवनबाट प्रतिघण्टा चारजना भन्दा धेरैको मृत्यु, कर बढाउन अपिल


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा प्रतिघण्टा चार जना भन्दा धेरैले ज्यान गुमाइरहेका छन् ।  नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आज एक अनुसन्धान रिपोर्ट प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो ।

प्रतिष्ठानका अनुसार नेपालमा वर्षेनी करिब ४० अर्ब क्षति भएको दाबी गरिएको छ । सन् २०२० मा मात्र चुरोट सेवनका कारण निम्तिने रोगहरूको उपचारार्थ भएको प्रत्यक्ष र अप्रत्यक्ष खर्च, रोगीहरुको उत्पादकत्वमा आएको ह्रास र असामयिक मृत्यु समेत जोड्दा ४० अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ ।

यसमा धुवाँरहित सुर्तीजन्य पदार्थको कारणले क्षतिलाई पनि समावेश गर्ने हो भने लागत यो भन्दा वृद्धि हुन्छ । आर्थिक वर्ष २०२०/२१ मा चुरोट र बिँडीबाट संकलन भएको अन्तः शुल्कको राशि भने २०.३९ अर्ब मात्र रहेको रिपोर्ट सार्वजनिक गरिएको छ ।

नेपालमा हुने कुल मृत्युको १९.४१ प्रतिशत मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्य प्रतिष्ठानले प्रस्तुत गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्ताको ३२ प्रतिशत रहेको र यो निकै उच्च भएको पनि भनिएको छ ।  सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या दिनानुदिन बढ्दै गएको भन्दै यसलाई रोक्न यस्ता उत्पादनमा कर वृद्धि गर्नुपर्ने माग प्रतिष्ठानले गरेको छ ।

 नेपालमा सुर्तीजन्य पदार्थमा लाग्ने कर विश्व स्वास्थ्य संगठनको मापदण्ड ७५ प्रतिशत भन्दा निकै कम ३८ प्रतिशत मात्रै रहेकाले आगामी बजेटमा कर वृद्धि गर्न प्रतिष्ठानले अपिल गरेको छ ।

नेपाल सुर्तीजन्य पदार्थबाट हुने मृत्युको सबैभन्दा धेरै अनुपात भएका विश्वका शीर्ष १५ प्रतिशत देशहरूमा पर्ने र २०४ देशमध्ये २९औं स्थानमा रहेको छ ।  सुर्तीजन्य पदार्थमा कम नेपालले लगाएको कर दक्षिण एसियाली मुलुककै सबैभन्दा कम रहेको अनुसन्धानको रिपोर्टले भनेको छ । भारतमा ५७.६ प्रतिशत र श्रीलंकामा ७७ प्रतिशतभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ४६ बजे

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई