राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प « Khabarhub

राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्। एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन्। राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए।

उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए।

रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे ? भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे।’ आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ। ’

पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे। ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उनले बताए।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ५० बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,