के पुटिन अस्वस्थ छन् ? « Khabarhub

के पुटिन अस्वस्थ छन् ?


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ। बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन्।

ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे। यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ।

यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन्। सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यमा समस्या आएको अनुमान गरेको सो पत्रिकाको दाबी छ।

गत राति उनी मस्कोको क्राइस्ट द सेभियर क्याथेड्रलमा सहरका मेयर सर्गेई सोब्यानिनको साथमा थिए। त्यतिबेला पुटिनमा पार्किन्सन रोगका केही लक्षण देखिएको पत्रिकाको दाबी छ।

उनी असहजरूपमा सरेको, जिब्रो बाहिर निकालेको र ओठ टोकेका देखिन्थे। उनले सिलिङ र भुइमा हेरेका थिए। राष्ट्रपति आफूलाई नियन्त्रण धेरै सावधान देखिन्थे। मण्डलीमा सामेल हुनबाहेक उनी अरू बोलेनन्।

युक्रेनी सहर मारिओपोलमा घेराबन्दी गर्न रक्षामन्त्री सर्गेई सोइगुलाई आदेश दिएको केही दिनपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै